← समाचारमा फर्कनुस्
Cricket Apr 15, 2023 · Shishir

कोलकोताविरुद्ध हैदरावाद विजयी

कोलकोताविरुद्ध हैदरावाद विजयी

काठमाडौ-इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राति समपन्न खेलमा  सनराइजर्स हैदरावादले कोलकोता नाइट राइडर्सलाई पराजित गरेको छ ।

हैदरावादले  घरेलु टोलि कोलकोतालाई २३ रनले पराजित गरेको हो।

हैदरावादले जितका लागी दिएको २२९ रनको लक्ष्य पछाएको कोलकोताले २० ओभरमा ७ विकेट गुमाउदै २०५ रन बनाएपछि पराजित भएको हो।

कोलकोताका लागि नितेस राणाले ७५ रन बनाउदा रिंकु सिंहले ५८ रन बनाए। त्यस्तै नारायण जागादीसनले ३६ रन र श्रदुल ठाकुरले १२ रन बनाए।

 हैदरावादका लागी मार्को जानसेन र मयंक मर्कंन्डेले समान २-२ विकेट लिदा भने भुवनेश्वर कुमार, टी नटराजन र उमरान मालिकले समान १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिंग गरेको सनराइजर्सले २० ओभरमा ४ विकेट गुमाउदै २२८ रन बनाएको थियो ।

उसका लागि ह्यारी ब्रुकले १०० रनको शतकिय पारि खेल्दा कप्तान एडेन मार्क्रमले ५० रन बनाए । त्यस्तै अभिषेक शर्माले ३२ रन बनाए।

यता कोलकोताका लागी आन्द्रे रसेलले ३ विकेट लिदी वरुण चक्रवर्तीले एक विकेट लिए ।

यो जितसंगै हैदरावाद ४ खेलमा ४ अंकसहित तालिकामा सातौ स्थानमा उक्लिएको छ ।  उता त्कोलकोताको पनि ४ खेलमा ४ अंक रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →