← समाचारमा फर्कनुस्
Cricket Apr 18, 2023 · Shishir

एसीसी कपमा नेपालको विजयी सुरुवात

एसीसी कपमा नेपालको विजयी सुरुवात

काठमाडौ- नेपालले एसीसी प्रिमियर कप अन्तर्गत समूह ए को आफ्नो पहिलो खेलमा मलेसियालाई पराजित गरेको छ । 

त्रिवि क्रिकेट मैदानमा मलेसियाले दिएको २३६ रनको लक्ष्य नेपालले ४ विकेट गुमाएर ३६.२ ओभरमा २३७ रन बनाउँदै लक्ष्य पूरा गर्यो । 

नेपालका लागि कुशल मल्लले ७० रनको शानदार पारि खेले । उनले ४० बलमा ५ चौका र ५ छक्का प्रहार गरे । यस्तै भिम सार्कीले ७१, कप्तान रोहित कुमार पौडेलले ४२ र ओपनर कुशल भुर्तेले ३८ रन बनाए ।  

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३५ रन बनाएको थियो ।

मलेसियाका लागि अहमद फैजले सर्वाधि ७६ रनको योग्दान दिए । उनले ९५ बलमा ८ चौका र १ छक्का प्रहार गरे । 

विरन्दिप सिंहले ४६ रन बनाउँदा ओपनर मुहम्मद आमिर १७ रनमा अउट भए । यस्तै विजय उन्नी १२, सायद अजिज १३, खिजार ह्यातले २२ र साजरुल इद्रासले अविजित १५ रन बनाएका थिए।

यता नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले सर्वाधिक ३/३ विकेट लिए । यस्तै रलित नारायण राजवंसी २ र गुल्सन झाले १ विकेट लिएका थिए।

नेपाली टिमः

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सन्दीप लामिछाने, भीम सार्की, र ललित राजवंशी ।

नेपालको अर्को खेल वैशाख आठ गते ओमानविरुद्ध रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →