टोटनह्याम छोडेर ह्यारी केन बायर्न म्युनिख जाने

काठमाडौँ । इंग्ल्यान्डका फरवार्ड ह्यारी केनले टोटनह्यामबाट बायर्न म्युनिख जाने भएका छन् ।
केनलाई जर्मन च्याम्पियन बायर्न म्युनिखले करिब सय मिलियन युरोमा किन्ने भएको हो ।
मिडिया रिपोर्टका अनुसार बायर्नको प्रस्तावलाई टोटनह्यामले स्वीकार गरेको छ । बायर्न म्युनिख र टोटनह्यामबीच ह्यारी केनका विषयमा सैद्धान्तिक सहमति भएको बताइएको छ । बायर्नले बार्षिक करिब ३२ मिलियन डलर पारिश्रमिक दिने छ ।
३० बर्षिय केनलाई भित्र्याउन बायर्नले पछिल्ला महिनाहरुमा निकै प्रयास गरिरहेको थियो । यसअघि पटक पटक बायर्नले दिएको अफरलाई टोटनह्यामले अस्वीकार गर्दै आएको थियो ।
ह्यारी केन आफ्नो क्यारियरको शुरुवातदेखि नै टोटनह्यामसँग आवद्ध रहेका छन् । उनले २०१० देखि अहिलेसम्म टोटनह्यामबाट खेलिरहेका छन् । यस बिचमा उनी २०१० देखि २०१३ सम्म भने लोनमा विभिन्न क्लबबाट खेलेका थिए ।
उनले टोटनह्याममा अहिलेसम्म ४३५ खेलमा २८० गोल गरेका छन् । टोटनह्यामबाट केनले २०१८/१९ को च्याम्पियन्स लिगको उपविजेता बनेका थिए भने दुई पटक लिग कपको उपविजेता बनेका थिए ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |