← समाचारमा फर्कनुस्
Cricket May 27, 2023 · Shishir

मुम्बईलाई हराउँदै गुजरात आईपिएलको फाइनलमा

मुम्बईलाई हराउँदै गुजरात आईपिएलको फाइनलमा

इन्डियन्सलाई हराउँदै गुजरात टाइटन्स आईपिएलको उपाधि नजिक पुगेको छ।

आईपिएलको दोस्रो क्वालिफायर खेलमा गुजरात टाइटन्सले मुम्बई इन्डियन्सलाई ६२ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो।

पहिले ब्याटिङ गर्दै गुजरात टाइटन्सले दिएको २३४ रनको लक्ष्य पछ्याएको मुम्बई इन्डियन्स १८.२ ओभरमा अलआउट हुँदै १७१ रनमा अलआउट भयो।

उसका लागि सूर्यकुमार यादवले सर्वाधिक ६१ रन बनाए।

गुजरात टाइटन्सका लागि मोहित शर्माले ५ विकेट लिए। मोहम्मद शामी र राशिद खानले पनि २–२ विकेट लिए।

यसअघि सुरुवातमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरात टाइटन्सले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २३३ रन बनाएको थियो।

उसका लागी शुभमन गिलले मात्र ६० बलमा १० छक्का र ७ चौकासहित १२९ रनको उत्क्रिष्ट इनिङ खेले। 

मुम्बईका आकाश माडवाल र पियुल चावलाले १-१ विकेट लिए।







AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →