← समाचारमा फर्कनुस्
Cricket Apr 16, 2023 · Shishir

पञ्जाबले लखनउलाई हरायो

पञ्जाबले लखनउलाई हरायो

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत पञ्जाब किंग्सले लखनउ सुपर जाइन्टलाई  हराएको छ ।

पञ्जाब किंग्सले लखनउ सुपर जाइन्टलाई २ विकेटले हो गरेको छ ।

लखनउले दिएको १६० रनको लक्ष्य पछाएको पञ्जाबले १९.३ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।पञ्जाबको जितमा सिकन्दर राजाले सर्बाधिक ५७ रन बनाएका थिए । त्यस्तै माथ्यु शर्टले ३४, शाहरुख खानले २३, हरप्रित सिंहले २२ रन बनाएका थिए।

त्यस्तै लखनउका बलर युदवीर सिंह, मार्क वूड़ र रवि विश्नोईले २/२ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको लखनउले २० ओभरमा ८ विकेट गुमाउदै १५९ रन बनाएको थियो ।लखनउका लागि कप्तान केएल राहुलले सर्बाधिक ७४ रन बनाएका थिए ।

त्यस्तै कील मेयर्सले २९ रन बनाए भने क्रुनाल पाण्डेयले १८ र मार्कस स्टोइनिसले १५ रन बनाएका थिए ।त्यसैगरी पञ्जाब किंग्सका बलर साम करनले ३ विकेट लिए भने कागीसो रबाडाले २ विकेट लिए । त्यस्तै अर्शदीप सिंह, हरप्रित सिंह र सिकन्दर राजाले एक एक विकेट लिए ।

उक्त जितसँगै पञ्जाब किंग्सको ५ खेलमा ६ अंक भएको छ र अंक तालिकामा चौथो स्थानमा रहेको छ । त्यस्तै लखनउको पनि ५ खेलमा ६ अंक रहेको छ र अंक तालिकामा दोस्रो स्थानमा रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →