टी–२० सिरिजमा न्युजिल्याण्डविरुद्ध पाकिस्तानको फराकिलो जित

काठमाडौं- न्युजिल्याण्डविरुद्धको टी–२० आई सिरिजको पहिलो खेलमा घरेलु टोली पाकिसतानले सानदार जित निकालेको छ।
पाकिस्तानले पहिलो टि-२० आई खेलमा लाहोरस्थित गद्दाफी स्टेडियममा न्युजिल्यान्डलाई ८८ रनले हराएको हो।
पाकिस्तानले जितका लागी दिएको १८३ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले १५.३ ओभरमा अलआउट बुदै ९४ रन मात्र बनाउन सक्यो।
उसका लागि मार्क च्यापम्यानले ३४, कप्तान टम लाथमले २०, जेम्श निसम १५ र डारेल मिचेलले ११ रन बनाए।
पाकिस्तानका लागि तीव्र गतिका बलर हरिस रौफले सर्वाधिक ४ विकेट लिदा इमाद वासिमले दुई तथा शाहिन अफ्रिदी, जमान खान, फहिम अशरफ र शादब खानले समान १-१ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९.५ ओभरमा अलआउट हुदै १८२ रन बनाएको थियो।
उसका लागि सैम अयुब र फखार जमानले ४७/४७ रन बनाउदा फहिम अशरफले २२, इमाद वसिमले १६ र हरिस रौफले ११ रन बनाए।
न्युजिल्याण्डका लागि म्याट हेनरीले ह्याट्रिक गर्दा, एडम मिल्ने, बेन लिस्टरले समान २-२ विकेट लिए। त्यस्तै जेम्श नीशम र ईश सोढीले समान १-१ विकेट लिए।
यो सँगै पाकिस्तानले पाँच खेलको श्रृंखलामा १–० को अग्रता लिएको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |