← समाचारमा फर्कनुस्
Football Aug 16, 2023 · Shishir

अष्ट्रेलियालाई हराउदै इंगल्यान्ड फाइनलमा

अष्ट्रेलियालाई हराउदै इंगल्यान्ड फाइनलमा

काठमाडौँ- महिला विश्वकपको उपाधिका लागि स्पेन र इंग्ल्यान्ड भिड्ने भएका छन्।

स्टेडियम अस्ट्रेलियामा बुधबार भएको दोस्रो सेमिफाइनलमा घरेलु टोलीलाई ३-१ गोलअन्तरले पराजित गर्दै इंग्ल्यान्ड उपाधिनजिक पुगेको हो। सन् २०१५ मा क्यानडामा आयोजित विश्वकपमा तेस्रो भएको इंग्ल्यान्ड पहिलोपटक फाइनलमा पुगेको हो।

इंग्ल्यान्डको जितमा इल्ला टोने, लोरेन हेम्प र एलेसिया रुसो गोल गरे। अस्ट्रेलियाका लागि साम केरले गरेको गोल सान्त्वना मात्र भयो।

खेलको ३६औँ मिनेटमा इंग्ल्यान्डले टोनेको गोलमार्फत् अग्रता लिएको थियो। पहिलो हाफमा एक गोलले पछाडि रहेको अस्ट्रेलिया खेलको ६३औँ मिनेटमा खेलमा फर्कियो। अस्ट्रेलियाका लागि सामले बराबरी गोल फर्काइन्।

तर ७१औँ मिनेटमा हेम्पले गोल गर्दै इंग्ल्यान्डलाई जितनजिक पुर्‍याइन्। ८६औँ मिनेटमा रुसोले गोल गर्दै ३-१ गोलअन्तरले इंग्ल्यान्डको जित सुनिश्चित गरिन्।

कोलम्बियालाई क्वार्टरफाइनलमा पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा पुगेको थियो। अब इंग्ल्यान्डले उपाधिका लागि २० अगस्टमा स्पेनसँग खेल्ने छ। स्वीडेनलाई पराजित गर्दै स्पेन पनि पहिलोपटक विश्वकपको उपाधिनजिक पुगेको हो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →