← समाचारमा फर्कनुस्
नाइजेरियालाई हराउँदै इङल्यान्ड क्वाटरफाइनलमा

काठमाडौँ । इङल्यान्ड फिफा महिला विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
सोमबार सम्पन्न खेलमा इङल्यान्डले नाइजेरियालाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले हराउँदै विश्वकपको क्वाटरफाइनमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
निर्धारित ९० मिनेट र त्यसपछि ३० मिनेटको अतिरिक्त समयमा खेल गोलरहित बराबरी बनेको थियो । खेलको ८७औँ मिनेटमा इङल्याण्डकी लाउरेन जेम्सले रातो कार्ड पाएपछि इङल्यान्ड १० खेलाडीमा खेलेको थियो ।
यो जितसँगै अब क्वाटरफाइनलमा इङल्यान्डले कोलोम्बिया र जमैकाबीचको विजेतासँग खेल्ने छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |