← समाचारमा फर्कनुस्
Cricket Apr 28, 2023 · Shishir

चेन्नईलाई हराउदै राजस्थान आइपिएलको शिर्ष स्थानमा उक्लियो

चेन्नईलाई हराउदै राजस्थान आइपिएलको  शिर्ष स्थानमा उक्लियो

काठमाडौ- इण्डियन प्रिमियर लिग (आइपिएल) मा राति भएको खेलमा राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गर्दै शिर्ष स्थानमा उक्लिएको छ ।

घरेलु मैदानमा राजस्थानले चेन्नईविरपद्ध ३२ रनको जित निकालेको हो ।

राजस्थानले जितका लागी  दिएको २०३ रनको लक्ष्य पछाएको चेन्नईले पुरा ओभर खेल्दै ६ विकेट गुमाएर १७० रन मात्र बनायो।

उसका लागी शिवम दुवेले सर्बाधिक ५२ रन बनाउदा रुतुराज गायकवाडले ४७, मोइन अली र रविन्द्र जडेजाले समान २३-२३ रन बनाए।

राजस्थानका लागी एडम जाम्पाले ३ विकेट लिदा आर आश्विनले २ र कुलदिप यादवले १ विकेट लिए ।

त्यसअघि सुरुवातमा टस जितेर पहिले ब्याटिंग गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर २०२ रन बनाएको थियो ।

उसका लागी यजस्वी जैसवालले सर्बाधिक ७७ रन बनाउदा ध्रुव जुरेलले ३४ रन,जोस बटलर र देवदत्त पाडिकलले समान २७-२७ रन बनाएका थिए।

चेन्नईका लागी तुषार देशपाण्डेले २ विकेट लिदा महीश थीकशना र रविन्द्र जेडेजाले समाव १-१ विकेट लिएका थिए ।

यो जितसंगै राजस्थानले ८ खेलमा १० अंक जोड्दा तेस्रो स्थानमा झरेको चेन्नईको पनि समान खेलमा समान अंक रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →