← समाचारमा फर्कनुस्
Cricket Apr 25, 2023 · Shishir

आइपिएलमा हैदराबादविरुद्ध दिल्ली विजयी

आइपिएलमा हैदराबादविरुद्ध दिल्ली विजयी

काठमाडौ- इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा राति भएको खेलमा सनराइजर्स हैदराबादविरुद्ध दिल्ली क्यापिटल्स विजयी भएको छ।

राजिव गान्धि रंगशालामा भएको खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई ७ रनले पराजित गरेको हो।

दिल्लीले जितका लागि दिएको १४५ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले पुरा ओभर खेल्दै ६ विकेट गुमाएर १३७ रन मात्रै बनायो । 

हैदराबादका लागी मयंक अग्रवालले ३९ सर्वाधिक ४९ रन बनाउदा हेनरिक क्लासेनले ३१ रन बनाए।

दिल्लीका लागी अक्षर पटेलले र एनरिच नोर्कियाले समाव २-२ विकेट लिए । त्यस्तै ईशान्त शर्मा र कुलदिप यादवले समान १-१ विकेट लिए ।

त्यसअघि सुरुवातमा टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४४ रन बनाएको थियो।

उसका लागी अक्षर पटेल र मनिष पाण्डेले समान ३४-३४ रन बनाए।

हैदराबादका लागि वासिंटन सुन्दरले ३ तथा भुवनेश्वर कुमारले २ र नटराजनले १ विकेट लिए।

यो जितसंगै दिल्ली ५ खेलमा ४ अंकसहित पुछारमा रहदा हैदराबाद ७ खेलमा ४ अंककी साथ नवौं स्थानमा छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →