← समाचारमा फर्कनुस्
रोनाल्डोको ह्याट्रिकमा अल नासरको शानदार जित

काठमाडौँ । पोर्चुगिज भेट्रान्स फरवार्ड क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेको खेलमा साउदी प्रो लिगमा अल नासरले फराकिलो जित निकालेको छ।
राति सम्पन्न खेलमा अल फातेहविरुद्ध ५-० को गोल निकाल्दै लिगमा शानदार जित निकालेको हो।
अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए भने साडियो मानेले २ गोल गरेका थिए।
यो अल नासरको यस सिजनको तेस्रो खेलमा पहिलो जित हो। यो जितपछि अल नासरको ३ खेलमा ३ अंक भएको छ र लिगमा १०औं स्थानमा उक्लिएको छ।
यसअघिका लगातार दुई खेलमा हार बेहोरेको थियो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |