← समाचारमा फर्कनुस्
Cricket May 24, 2023 · Shishir

चेन्नई सुपर किंग्स आईपीएलको फाइनलमा

चेन्नई सुपर किंग्स आईपीएलको फाइनलमा

चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ। आईपीएलका १४ सिजनमा सहभागी चेन्नई फाइनलमा प्रवेश गरेको यो दशौं पटक हो।

पहिलो क्वालिफायरमा गुजरातलाई १५ रनले पराजित गर्दै महेन्द्रसिंह धोनीको नेतृत्वमा रहेको चेन्नईले फाइनलमा स्थान बनाएको हो। 

१७३ रनको लक्ष्य पछ्याएको गुजरात १५७ रनमा अलआउट भयो। गुजरातका शुभमन गिल र रसिद खानले आक्रामक इनिङ खेले पनि जितको लागि पर्याप्त भएन। 

चेन्नईका ओपनर ऋतुराज गायक्वडले डेभोन कोनवेले उत्कृष्ट सुरुवात दिलाएका थिए। मध्यक्रमका ब्याट्सम्यान सस्तैमा समेटिँदा चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएको थियो। 

अब गुजरातले लखनउ र मुम्बईको दोस्रो क्वालिफायरको विजेतासँग पुनः प्रतिस्पर्धा गर्नेछ। उक्त खेलमा विजयी हुने टिमले उपाधिका लागि चेन्नईसँग प्रतिस्पर्धा गर्ने छ। 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →