← समाचारमा फर्कनुस्
Cricket Apr 24, 2023 · Shishir

कोलकोतालाई हराउदै चेन्नई आइपिएलको शिर्ष स्थानमा

कोलकोतालाई हराउदै चेन्नई आइपिएलको  शिर्ष स्थानमा

काठमाडौ- इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपरकिंग्सले कोलकोता नाइटराइडर्सलाई पराजित गर्दै शिर्ष स्थानमा उक्लिएको छ।

राति भएको खेलमा चेन्नईले कोलकोतालाई ४९ रनले पराजित गरेको हो।

चेन्नईले दितका लागी दिएको २३६ रनको लक्ष्य पछाएको कोलकोताले पुरा ओभर खेल्दै ८ विकेट गुमाउएर १८६ रन मात्र बनायो।

कोलकोताका लागि जासन रोयले सर्बाधिक ६१ रन बनाउदा रिंकु सिंहले अविजित ५३ रन बनाए।

चेन्नईका लागी तुषार देशपाण्डेय र महीश थीकशानाले समाव २-२ विकेट लिदा आकाश सिंह, मोइन अली, रविन्द्र जडेजा र मथीशा पाथीरानाले समान १-१ विकेट लिए ।

त्यसअघि सुरुवातमा टस हारेर पहिला ब्याटिंग गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर २३५ रन बनाएको थियो ।

चेन्नईका लागि आजिख्य रहानेले सर्वाधिक अविजित ७१ रन बनाफदा डेभोन कोनवेले ५६ रन बनाएका थिए।

यता कोलकोताका लागी कुलवन्त खेज्रोलियाले २ विकेट लिदा वरुण चक्रवर्ती र सुयाश शर्माले समाव १-१ विकेट लिएका थिए।

यो जितसंगै चेन्नईले ७ खेलमा १० अंक जोड्दा कोलकोता ७ खेलमा ४ अंकसहित तालिकाको सातौं स्थानमा रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →