← समाचारमा फर्कनुस्
Cricket Sep 23, 2023 · Shishir

क्यानको अध्यक्षमा पुन: चन्द निर्वाचित

क्यानको अध्यक्षमा पुन: चन्द निर्वाचित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन्। 

चन्द विरुद्धमा कुनै पनि उम्मेद्धवारी नपरेपछि उनी सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन्। 

चन्द विरुद्धमा बर्दिया क्रिकेट संघका विनयराज भण्डारी उठ्ने घोषणा गरे पनि मनोनयन समयमा उनले प्रस्तावक र समर्थक दुबै नपाएपछि उनी पछि हटेका हुन्। त्यसैको कारण चन्द सर्वसम्मत रुपमा निर्वाचित भएका हुन्।

महिला सदस्य जयन्ती भट्ट पनि निर्विरोध निर्वाचित भएकी छिन्। त्यस्तै कोषाध्यक्ष पदम खड्का पनि निर्विरोध निर्वाचन भएका छन्। खड्का कर्णाली प्रदेशका अध्यक्ष हुन्।

जयन्ती सुदूरपश्चिम प्रदेशबाट आएकी हुन्। यसअघि पनि उनी नै सर्वसम्मत रुपमा महिला सदस्यमा जयन्ती निर्वाचित भएकी थिइन्। क्यानको उपाध्यक्षमा रोशन सिंह पनि सर्वसम्मत चयन भएका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →