← समाचारमा फर्कनुस्
अपराजित रहँदै नेपाल च्याम्पियन

नेपालले अपराजित रहँदै शुक्रबार ट्वान्टी ट्वान्टी विश्वकप छनोट एसिया एन्ड इस्ट एसिया प्यासिफिकको उपाधि जितेको छ । नेपालले आफ्नो ट्वान्टी ट्वान्टी विश्वकप छनोटमा च्याम्पियन भएको यो पहिलो पटक हो ।
यसका लागि नेपालले सुपर–सिक्सको खेलमा समाओलाई सजिलै १ सय २४ रनले पराजित गर्यो । यो जितसँगै नेपालको सुपर–सिक्समा १० अंक भएको छ र यससँगै शीर्ष स्थानमा रह्यो ।
नेपालले प्रतियोगितामा छ खेल खेलेको सबैमा विजयी रह्यो । ओमानमा भएको प्रतियोगिताको अन्तिम खेलमा नेपालले पहिले ब्याटिङ गर्दै चार विकेटमा २ सय ११ रन बनाएको थियो ।
त्यसमा आसिफ सेखले सर्वाधिक सर्वाधिक ६९ रन बनाए । यस्तै दीपेन्द्रसिंह ऐरीले ५३ रन जोडे । त्यसको जवाफमा समाओले सात विकेट गुमाएर ८७ रन बनायो । नेपालसँगै ओमान र यूएई ट्वान्टी ट्वान्टी विश्वकप २०२६ का लागि छनोट भइसकेका छन् ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |