अपि क्रिकेट कार्निभल भदौ ३० गतेदेखि

काठमाडौं, भदौ २८ गते । अपी स्कुल धापासीको आयोजनामा ‘अपि क्रिकेट कार्निभल’ हुने भएको छ ।
धापासी स्थित अपि स्कुलको मैदानमा भदौ ३० देखि असोज २ गतेसम्म सञ्चालन हुने इन्डोर प्रतियोगितामा १२ टोलीको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक अविनास बस्यालले जानकारी दिनुभयो ।
प्रतियोगितामा आयोजक अपि स्कुलको दुई टोली, युरो स्कुल, रेडियन्ट स्कुल, उज्जल शिशु निकेतन एकेडेमी, एलआरआई, मोक्क्ष, एन्जल हर्ट, नितेन मेमोरियल, थिलिङटार हाईअर सेकन्डरी, एभीएस र श्रीकामना बोडिङ स्कुलको सहभागिता रहने छ ।
सहभागी टोलीका खेलाडी कक्षा १० सम्म पढिरहेका सोही स्कुलको विद्यार्थी हुनुपर्ने आयोजकले जनाएको छ । सहभागी टोलीलाई चार समूहका विभाजन गरिएको छ ।
समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । १० ओभरको खेलमा प्रत्येक टोलीका आठ खेलाडीले खेल्नेछन् ।
प्रतियोगिताकाको विजेता र उपविजेता टोलीलाई ट्रफी प्रदान गरिने छ ।
स्कुल स्तरबाट क्रिकेट खेलाडी उत्पादन गर्ने उद्येश्यले प्रतियोगिता आयोजना गरिएको पनि संयोजक बस्यालले बताए ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |