← समाचारमा फर्कनुस्
बीबी एयरलाइन्स भेट्रान्स च्याम्पियनसिप हुने

काठमाडौं । बीबी गोर्खास फुटबल क्लबको आयोजनामा बीबी एयरलाइन्स भेट्रान्स फुटबल च्याम्पियनसिप हुने भएको छ।
शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै बीबी गोर्खास एफसीका अध्यक्ष सुन्दर थापा क्षेत्रीले प्रतियोगिता यहीँ असोज २० देखि २४ गतेसम्म काठमाडौंको नैकाप फुटबल मैदानमा हुने जानकारी दिए।
प्रतियोगितामा कुल २० टिमको सहभागीता हुनेछ। खेल नकआउटका आधारमा सञ्चालन हुनेछ। प्रतियोगिताको विजेताले नगद एक लाख, उपविजेताले ५० हजार ट्रफी मेडल, प्रमाणपत्र प्राप्त गर्नेछ भने उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई मलेसिया-काठमाडौंको हवाई टिकटको ब्यबस्था पनि रहेको आयोजकले जनाएको छ।
यस्तै प्रतियोगिता आयोजनाको लागि कुल १३ लाख खर्च लाग्ने पनि बताएको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |