← समाचारमा फर्कनुस्
Cricket Jul 06, 2023 · Shishir

विश्वकप सुरुहुनु तीन महिनाअघि बंगलादेशका कप्तानले लिए सन्यास

विश्वकप सुरुहुनु तीन महिनाअघि बंगलादेशका कप्तानले लिए सन्यास

एक दिवसीय विश्वकप आयोजना हुन तीन महिना बाँकी रहँदा बंगलादेशका कप्तान तमिम इकबालले सन्यासको घोषणा गरेका छन्। बुधबार अफगानिस्तानविरुद्धको पहिलो एक दिवसीय खेलमा पराजित भएको भोलिपल्ट बिहीबार उनले आफ्नो १६ वर्षको अन्तर्राष्ट्रिय करियरको अन्त्य गरेको घोषणा गरेका हुन्।

सञ्चारकर्मीमाझ घेरिएका तमिम निकै भावुक भएका थिए। “मैले आफ्नो उत्कृष्टता दिएको छु, सधैँ राम्रो गर्ने प्रयास गरेको छु। म यतिबेला अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइरहेको छु। हिजो अफगानिस्तानसँगको खेल मेरो अन्तिम खेल थियो। यो अचानक भएको निर्णय थिएन। मैले मेरो परिवारसँग पनि यसबारे कुरा गरेको छु। मैले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने विचार गरेँ,” उनले भने।

तमिमले गत वर्ष टी–२० बाट सन्यास लिएका थिए। उनको अन्तिम टेस्ट अप्रिलमा आयरल्यान्डविरुद्ध थियो। तमिमले फेब्रुअरी २००७ मा एकदिवसीय खेलमार्फत् अन्तर्राष्ट्रिय डेब्यू गरेका थिए।

वेस्ट इन्डिजमा भारतविरुद्धको विश्वकप जित्दा उनले अर्धशतक बनाएका थिए। उनले आफ्नो देशका लागि एक दिवसीयमा सबैभन्दा धेरै ८ हजार ३१३ रन बनाएका छन्। यस्तै, उनले १४ शतक प्रहार गरेका छन्।

तमिमले ७० टेस्ट खेलमा ३८.८९ को औसतमा ५ हजार १३४ रन बनाएका छन्। जसमा १० शतकसमेत समावेश छ र टेस्टमा आफ्नो देशका लागि दोस्रो सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए।

तमिमले ३७ एक दिवसीयमध्ये २१ जितेका छन्। बंगलादेशलाई सुपर लिगमा तेस्रो स्थान बनाउन र विश्वकपमा स्थान सुनिश्चित गर्न मद्दत गरेका छन्। उनले सन् २०१७ मा न्यूजिल्यान्डविरुद्धको टेस्टमा बंगलादेशको कप्तानीसमेत गरेका थिए।

बंगलादेश क्रिकेट बोर्डले उनको स्थानमा कसलाई कप्तान नियुक्त गर्छ भन्नेबारे अहिलेसम्म केही खुलाएको छैन। शाकिब अल हसनले टी-२० टोलीको प्रतिनिधित्व गर्दैछन् भने लिटन दास टेस्ट कप्तान छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →