प्ले अफ नजिक चेन्नई

काठमाडौ- इण्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नई सुपर किंग्स मुम्बई इण्डियन्सलाई पराजित गर्दै प्ले अफ नजिक पुगेको छ।
एम ए रंगशालामा भएको खेलमा मुम्बई विरुद्ध चेन्नई ६ विकेटले विजयी भएको हो।
मुम्बईले जितका लागी दिएको १४० रनको लक्ष्य चेन्नईले १७.४ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो।
चेन्नईका लागी डेभोन कोनवेले सर्बाधिक ४४ रन बनाउदा रुतुराज गायकवाडले ३० रन बनाए।
मुम्बईका लागी पियुष चावलाले सर्वाधिक २ विकेट लिदा ट्रीस्टन स्टब्स र आकाश माधवलले समान १-१ विकेट लिए ।
सुरुवाती टस हारेर पहिला ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाउदै १३९ रन बनाएको थियो ।
मुम्बईका लागि नेहाल वढेराले सर्बाधिक ६४ रन बनाउदा सूर्यकुमार यादवले २६ रन बनाएका थिए।
चेन्नईका लागी मथीशा पथिरानाले सर्बाधिक ३ विकेट लिदा दीपक चहर र तुषार देशपाण्डेले समान २-२ विकेट र रविन्द्र जडेजाले १ विकेट लिएका थिए ।
यो जितसंगै चेन्नई ११ खेलमा १३ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिदै प्ले अफ नजिक पुगेको छ। उता मुम्बईको १० खेलमा १० अंक रहेको छ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |