← समाचारमा फर्कनुस्
Football Aug 29, 2023 · Shishir

एट्लेटिको मड्रिडको शानदार जीत

एट्लेटिको मड्रिडको शानदार जीत

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले फराकिलो जित दर्ता गरेको छ।

मड्रिडले राति भएको खेलमा रायो भालेकानोलाई ७-० ले हराएको हो। 

भालेकानोको घरेलु मैदानमा स्टेडियो डि भालेकासमा एट्लेटिकोका एल्भारो मोरटाले दुई गोल गरेका थिए।

एन्टोइन ग्रिजमन, मेम्फिस डिपाए, नाहुयल मालिना, एन्जल कोरेया र मार्कोस लोरेन्टले समान १–१ गोल गरे।

जितसँगै एट्लेटिको तीन खेलबाट सात अंकसहित दोस्रो स्थानमा उक्लिएको छ। पहिलो स्थानको रियल मड्रिडको नौ अंक छ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →