← समाचारमा फर्कनुस्
एशिया कपः बांगलादेशलाई पाकिस्तानले हरायो

काठमाडौँ– जारि एशिया कपमा सुपर फोरको पहिलो खेलमा पाकिस्तान विजयी भएको छ।
राति भएको खेलमा पाकिस्तानले बंगलादेशलाई ७ विकेटले पराजित गरेको हो।
यो जितसंगै पाकिस्तानले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।
पाकिस्तानले जितका लागि पाएको १९४ रनको लक्ष्य ३९.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो।
पाकिस्तानका लागि इमाम उल हकले ८४ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ७८ रन बनाए। त्यस्तै मोहम्मद रिजवान ६३ रनमा नटआउट रहे।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको बंगलादेश ३८.४ ओभरमा १९३ रन बनाएर अलआउट भयो।
बंगलादेशका मुश्फिकुर रहिमले ८७ बलमा ५ चौकासहित सर्वाधिक ६४ रनको योगदान दिए। कप्तान सकिब अल हसन ५३ रनमा आउट भए।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |