← समाचारमा फर्कनुस्
Cricket Sep 06, 2023 · Nepalsports

एशिया कपमा सुपर फोरको समीकरण पुरा

एशिया कपमा सुपर फोरको समीकरण पुरा

काठमाडौँ । एशिया कपको सुपर चारको समीकरण पुरा भएको छ ।

प्रतियोगितामा समुह ए बाट पाकिस्तान र भारत सुपर चारमा पुगेका छन्।

त्यस्तै समुह बी बाट श्रीलंका र बंगलादेश सुपर चारमा पुगेका हुन्।

उता समुह ए बाट नेपाल र समुह बि बाट अफगानिस्तान समुह चरणबाटै घर फर्किएका छन्।

अब सुपर चारमा बुधबार पाकिस्तान र बंगलादेश भिड्नेछन्। त्यसपछि सेप्टेम्बर ९ मा श्रीलंका र बंगलादेश भिड्ने छन् ।

सेप्टेम्बर १० मा पाकिस्तान र भारतबीच खेल हुने छ भने सेप्टेम्बर १२ मा भारत र श्रीलंकाबीच खेल हुने छ ।

त्यसैगरी सेप्टेम्बर १४ मा पाकिस्तान र श्रीलंकाबीच खेल हुने छ भने सेप्टेम्बर १५ मा भारत र बंगलादेश बीच खेल हुने छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →