डुरान्ड कप : अग्रता जोगाउन आर्मी दिल्लीसँग बराबरीमा रोकियो

शुरूआती अग्रता जोगाउन नसक्दा त्रिभुवन आर्मी फुटबल क्लबले डुरान्ड कपको पहिलो खेलमा बराबरीमा चित्त बुझाएको छ। कोक्राझारको साई सेन्टर रंगशालामा बुधबार सम्पन्न समूह ई को पहिलो खेलमा आर्मीले भारतको आई लिग खेल्ने दिल्ली एफसीसँग १–१ गोलको बराबरी खेलेको हो।
आर्मीका लागि दिनेश हेम्जनले गोल गरे। यता, दिल्लीका गिरिक खोसलाले बराबरी गोल फर्काए। खेलको ३९औँ मिनेटमा आर्मीले दिनेशको गोलमार्फत अग्रता लिएको थियो। कप्तान नवयुग श्रेष्ठको क्रसलाई दिल्लीका कप्तान पवन कुमारले नियन्त्रणमा लिन सकेनन्। त्यही बललाई कमलबहादुर थापाले नियन्त्रणमा लिँदै मिलाइदिएको पासलाई दिनेशले पोस्टको दिशा दिए।
तर, ८८औँ मिनेटमा दिल्ली खेलमा फर्कियो। गिरिकले माथिल्लो बारमा ठोक्किएर आएको बललाई गोलमा परिणत गर्दै अंक खोसे।
डुरान्ड फुटबल टुर्नामेन्ट सोसाइटी र भारतीय फुटबल महासंघ (एआईआईएफ)को आयोजनामा हुने डुरान्ड कपको पहिलो संस्करण सन् १८८८ मा भएको थियो। यो डुरान्ड कपको १३२औँ संस्करण हो। सन् २०२२ को पछिल्लो संस्करणको उपाधि बेंगलुरु एफसीले मुम्बई एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको थियो।
प्रतियोगितामा २७ वर्षपछि त्रिभुवन आर्मीबाहेक भुटान सर्भिस र बंगलादेश आर्मीले पनि सहभागिता जनाएका छन्। प्रतियोगितामा इन्डियन सुपर लिग (आईएस), आई लिगका क्लबसहित २४ टिमले प्रतिस्पर्धा गरिरहेका छन्। आर्मीले पहिलो खेलबाट १ अंक जोडेको छ। दिल्लीको भने २ अंक रहेको छ। पहिलो खेलमा दिल्ली आईएसएल क्लब हैदराबाद एफसीसँग १–१ को बराबरीमा रोकिएको थियो।
आर्मीले १४ अगस्टमा दोस्रो खेल चेन्नईयिन एफसीसँग खेल्ने छ। यस्तै, अन्तिम खेल हैदराबादसँग २२ अगस्टमा खेल्ने छ। समूहका विजेता र उपविजेता नकआउट चरणमा पुग्ने छन्।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |