← समाचारमा फर्कनुस्
Football Sep 26, 2023 · Shishir

बुटवल लुम्बिनीको मार्कीमा एरिक बिष्ट

बुटवल लुम्बिनीको मार्कीमा एरिक बिष्ट

बुटवल लुम्बिनी एफ.सीले  दास्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)का लागि आफ्नो मार्की खेलाडीमा राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर एरिक बिष्टसँग सम्झौता गरेको छ । 

पहिलो संस्करणको नेपाल सुपर लिग, ए डिभिजन लिग र नेपाल राष्ट्रिय टोलीमा एरिक अहिले निकै महत्वपूर्ण योगदान दिएका थिए ।     

नेपाली राष्ट्रिय टिमका विभिन्न पोजिसनमा खेलिसकेका  खेलाडी २३ वर्षीय एरिक बिष्टले सहिद स्मारक लिग ‘ए’ डिभिजनमा चर्च ब्याईज यूनाईटेडबाट  खेल्ने गरेका छन  । उनले टोली यस पटक सहिद स्मारक लिगको विजेता बन्दा महत्वपूर्ण योगदान गरेका थिए ।  

  मार्की खेलाडीमा अनुबन्ध भएपछि एरिकले आफु यस सिजनको नेपाल सुपर लिगका लागि निकै उत्साहित रहेको बताए । "बुटवल लुम्बिनी एफसीका लागि यस सिजन मार्की खेलाडीको रुपमा आउन पाउदा निकै खुशी छु र उतिकै उत्साहित पनि, अब बन्ने टिममा पनि विश्वाश गरेको छु, निकै राम्रो टिम बन्ने छ र हामी यो पटक टाइटलका लागि खेल्ने छौ," 

बुटवल लुम्बिनीले अघिल्लों सीजन प्ले अफ खेलेको थियो । 

यो सीजनको एनएसएल नोभेम्बर २४ देखी सुरू हुनेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →