ओमान एसिसी कपको सेमिफाइनलमा

काठमाडौ- ओमान एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ।
टियु क्रिकेट मैदानमा ओमानले साउदी अरेबियालाई ७२ रनले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो।
ओमानले जितका लागी दिएको ३६७ रनको लक्ष्य पछ्याएको साउदी अरेबियाले ४६.५ ओभरमा अल आउट हुदै २९४ रन मात्र बनायो।
साउदीका लागि अब्दुल वाहीदले सर्बाधिक ९५ रन बनाउदा साद खानले ७८ रन बनाए।
ओमानका लागि बिलाल खानले सर्बाधिक ४ विकेट लिदा जय ओडेड्राले ३ विकेट,जीशाम मक्सूदले २ र आयान खानले १ विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिंग गरेको ओमानले ५० ओभरमा ६ विकेट गुमाउदै ३६६ रन बनाएको थियो ।
ओमानका लागि जतिन्दर सिंहले सर्वाधिक ८८ रन बनाउदा मोहमद नदीमले ७१, शोइब खानले ६८, कप्तान जीशान मक्सुदले ५४ रन र कश्यप प्रजापतिले ५१ रन बनाएका थिए।
साउदीका लागी उस रहमानले ३ विकेट लिदा अब्दुल वाहिदले २ र अब्दुल वाहीदले १ विकेट लिएका थिए ।
यो संगै समुह ए बाट ओमान र नेपालले सेमिफाइनलमा स्थान बनाएका छन्।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |