← समाचारमा फर्कनुस्
रोनाल्डोको कप्तानीमा रहेको अल नासर च्याम्पियन्स लिगमा छनोट

काठमाडौँ । हारको संघारमा पुगेको स्थितिबाट खेलको अन्तिम ९ मिनेटमा ३ गोल गर्दै रोनाल्डोको कप्तानीमा रहेको साउदी क्लब अल नासर एसियाली च्याम्पियन्स लिगमा छनोट भएको छ।
राति भएको प्लेअफमा अल नासरले शबाब अल अहलीलाई ४-२ गोलअन्तरले पराजित गर्दै लिगमा छनौट भएको हो।
अल नासरको जितमा एन्डरसन टालिस्काले दुई गोल गरे भने सुल्तान अल–घानाम र मार्सेलो ब्रोजोभिचले एक–एक गोल थपे ।
पराजित शबाब अल अहलीका लागि याह्या अल घासानीले दुई गोल गरेपनि टोलीलाई जित्सम्म पुर्याउन सकेनन्।
यो सँगै एएफसी च्याम्पियन्स लिगको समीकरण पुरा भएको छ।
एएफसी च्याम्पियन्स लिगमा एसियाका पूर्वी र पश्चिमी क्षेत्र गरी कुल ४० क्लबले खेल्दै छन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |