← समाचारमा फर्कनुस्
Football Aug 30, 2023 · Shishir

अल नासरको लगातार दोस्रो जित

अल नासरको लगातार दोस्रो जित

काठमाडौँ । कप्तान क्रिस्टियानो रोनाल्डोले २ गोल गरेको खेलमा साउदी प्रो लिग अन्तर्गत अल नासरले लगातार दोस्रो जित निकालेको छ। 

मंगलबार राति भएको खेलमा अल नासरले अल शबाबलाई ४-० गोल अन्तरले पराजित गरेको हो। 

अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरे भने साडियो माने र सुल्तान अल घन्नमले एक गोल गरेका थिए। यस खेलमा रोनाल्डोले मानेको गोल असिस्ट पनि गरेका थिए।

यो जितसँगै ४ खेलमा अल नासरको ६ अंक भएको छ र लिगमा छैटौं स्थानमा उक्लिएको छ ।

यता पराजित अल शबाबको भने यो दोस्रो हार हो। यो खेलपछि अल शबाबको ४ खेलमा २ अंक रहेको छ। 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →