← समाचारमा फर्कनुस्
Cricket May 02, 2023 · Shishir

फाइनलमा युएई नेपालविरुद्ध ११७ रनमा अलआउट

फाइनलमा युएई नेपालविरुद्ध ११७ रनमा अलआउट

काठमाडौ-एसिसी प्रिमियर कपको फाइनलमा नेपालविरुद्ध युएई ११७ रनमा अलआउट भएको छ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको गरेको युएई ३३.१ ओभरमा ११७ रनमा अल आउट भएको हो।

वर्षाको कारण २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाएको अवस्थाबाट आज खेल सुरु गरिएको थियो।

नेपालका लागी ललित नारायण राजवंशीले अन्तिम विकेट लिन सफल भए। 

युएईका लागी आसिफ खानले सर्वाधिक ५४ रन बनाउदा आर्यान लाक्राले २३ रन बनाउनु वाहेक अन्स ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागी ललित राजवंशीले सर्वाधिक ४ विकेट लिदा करण केसी र सन्दीप लामिछानेले समान २-२ तथा गुलसन झा र सोमपाल कामीले समान १-१ विकेट लिए ।

नेपाली टिमः आसिफ शेख,कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल,कुशल मल्ल, आरिफ शेख, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित नारायण राजवंशी ।




AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →