नेपालको विश्वकप खेल्ने सपना अधुरै

काठमाडौ- नेपाल आईसीसी एक दिवसीय विश्वकप छनोटबाट बाहिरिएको छ। शनिबार सम्पन्न खेलमा नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो।
नेपालले दिएको १६८ रनको लक्ष्य नेदरल्यान्ड्सले २७.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो।
नेदरल्यान्ड्सका म्याक्स ओ’डाउडले सर्वाधिक ९० रन बनाए। उनले ७५ बलमा ८ चौका र ४ छक्का प्रहार गरे।
विक्रमजित सिंहले ४३ बलमा ३ चौका र १ छक्कासहित ३० रन बनाए।
पहिलो विकेटका लागि म्याक्स र सिंहले ८६ रनको साझेदारी गरे।
वेस्ले बारेसी ३ रनमा सर्ट थर्डमा आउट भए। यस्तै, बास् डे लिले अविजित रहँदै ३९ बलमा ६ चौकासहित ४१ रन बनाए।
तेजा निदामानुरु २ रनमा अविजित रहे।
नेपालका सन्दीप लामिछानेले २ विकेट लिए। गुशलन झाको नाममा १ विकेट रह्यो।
त्यसअघि स्पोर्ट्स क्लब हारारेमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले ४४.३ ओभरमा सबै विकेट गुमाउँदै १६७ रन बनायो।
नेपालका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३३ रन बनाए। ५५ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै उनी मिडविकेटमा आउट भए। ओपनर कुशल भुर्तेल र सन्दीप लामिछानेले २७/२७ रन बनाए। कुशल डीप थर्ड र सन्दीप मिडविकेटमा आउट भए।
भीम सार्की २२, गुलशन झा १५ , दीपेन्द्रसिंह ऐरी १४ र कुशल मल्ल १२ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
नेदरल्यान्ड्सका लोगन भान बिकले सर्वाधिक ४ विकेट लिए। बास् डे लिड र विक्रमजित सिंहले २/२ विकेट लिँदा आर्यन दत्त र क्लेटन फ्लोएडको नाममा १/१ विकेट रह्यो।
जितसँगै नेदरल्यान्ड्स सुपर सिक्समा पुगेको छ। नेदरल्यान्ड्ससँगै वेस्ट इन्डिज र जिम्बावेले पनि सुपर सिक्सको यात्रा तय गरेका छन्। यी सबै टोलीसँग ४/४ अंक रहेको छ। समूह ए को नेपाल र अमेरिका भने प्रतियोगिताबाट बाहिरिएका छन्। नेपालले प्रतियोगितामा अमेरिकालाई मात्रै पराजित गर्न सक्यो। अमेरिका भने ३ खेलमा जितविहीन रहेको छ। उसले अन्तिम खेल जिम्बावेसँग खेल्ने छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |