← समाचारमा फर्कनुस्
भारतलाई हराउँदै पाकिस्तानले जित्यो इमर्जिङ टिम्स एसिया कपको उपाधि

काठमाडौं – श्रीलंकामा आइतबार राति सम्पन्न एसीसी मेन्स इमर्जिङ एसिया कपमा भारत ए लाई फराकिलो अन्तरले हराउँदै पाकिस्तान ए लगातार दोस्रो पटक च्याम्पियन बनेको छ।
श्रीलंकाको राजधानी कोलम्बोमा रहेको आर प्रेमदाशा क्रिकेट रंगशालामा भएको खेलमा भारतलाई १ सय २८ रनले हराउदै पाकिस्तान च्याम्पियन भएको हो।
टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ५२ रन बनाएको थियो।
पाकिस्तान ए ले दिएको ३ सय ५३ रनको लक्ष्य पछ्याउने क्रममा भारत ए ४० ओभरमा २ सय २४ रन बनाउदै अलआउट भयो। यससँगै पाकिस्तानको ए टिमले फराकिलो जित निकालेको हो।
पाकिस्तान लगातार दोस्रो पटक च्याम्पियन बनेको हो। यस अघि २०१९ मा भएको पछिल्लो संस्करण समेत पाकिस्तानले जितेको थियो
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |