← समाचारमा फर्कनुस्
एसिसी कपको सेमिफाइनलमा नेपालले आज कुवेतसँग खेल्दै

काठमाडौ- नेपालमा जारि एसिसी प्रिमियर कपको सेमिफाइनलमा घरेलु टोली नेपालले आज कुवेतसँग खेल्दैछ ।
यी दुईबिचको खेल टियु क्रिकेट मैदानमा बिहान ९ बजेबाट सुरु हुनेछ।
नेपाल अपराजित रहदै समूह ए को विजेता र कुवेत समूह बी को उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो।
१० टोली सहभागी प्रतियोगिताको समूह ए मा आयोजक नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब थिए भने समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन रहेका थिए ।
नेपाली टिमः रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी र ललित राजवंशी ।

AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |