विश्वकप छनोटको पहिलो खेलमा आज जिम्बाब्वेसँग भिड्दै नेपाल

आईसीसी विश्वकप क्रिकेट छनोट प्रतियाेगिता आजदेखि जिम्बाब्वेमा सुरु हुँदैछ ।
आफ्नो पहिलो खेलमा नै टेस्ट राष्ट्र जिम्बाब्वेसँग प्रतिस्पर्धा गर्न लागेको नेपालको रणनीति कस्तो हुन्छ चासोको विषय बनेको छ ।
सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, गुल्सन झाको बलिङमा क्रेग एर्विन, रियान बुर्ल, जोयलोर्ड गुम्बाई, सिकन्दर राजा, सेन विलियम्स, वेस्ली मेडहेभरको ब्याटिङ कस्तो होला ? लामो समयदेखिको प्रतिक्षा आज पूरा हुँदैछ ।
अनि रिचार्ड गराभा, ब्लेसिङ मुजराबानी, विलिङटन मासकाड्जा, तेन्डाई चतरा, लुक जोङवेको बलिङमा आसिफ शेख, कुशल भुर्तेल, भीम सार्की, कुशल मल्ल, कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेखको ब्याटिङ कत्तिको जम्ला ? यी कुराले सबै क्रिकेट प्रेमी र समर्थकको ध्यान तानेको छ ।
खेल आज दिउँसो नेपाली समयअनुसार १२ः४५ बजे नेपालले आयोजक जिम्बाब्वेसँग प्रतिस्पर्धा गर्दैछ । घरेलु टिम जिम्बाब्वेविरुद्ध प्रतिस्पर्धा गर्न नेपाललाई निकै गाह्रो हुनेछ । किनभने नेपालभन्दा जिम्बाब्वे निकै बलियो टिम हो ।
विश्वकप छनोटअघि नेपालका कप्तान रोहितकुमार पौडेलले टेस्ट राष्ट्रसँग खेल्न पाउँदा निकै उत्साहित भएको बताएका छन् । कप्तान रोहितले भनेका छन्, ‘विगत दुई वर्षदेखि हामीले विश्वकप छनोटको निकै मेहनत गरिरहेका थियौँ । टेस्ट राष्ट्रहरूसँग खेल्न पाउँदा हामी उत्साहित छौँ ।’
यता, जिम्बाब्वेका कप्तान क्रेग एर्विनले तयारी राम्रो रहेकाले प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गर्ने प्रतिक्रिया दिएका छन् ।
असार ३ देखि २४ गतेसम्म हुने विश्वकप छनोटमा आयोजक जिम्बाब्वेसहित १० टिमको सहभागिता रहेको छ । जसमा समूह ‘ए’ मा आयोजक राष्ट्र जिम्बाब्वेसँगै नेपाल, विश्वकप विजेता वेष्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका छन् ।
समूह ‘बी’ मा विश्वकप विजेता श्रीलंका, आयरल्यान्ड, यूएई, स्कटल्यान्ड र ओमान छन् ।
नेपालले दोस्रो खेल असार ५ गते अमेरिकासँग खेल्नेछ । असार ७ गते विश्वविजेता वेष्ट इन्डिजसँग खेल्ने नेपालले समूह चरणतर्फ आफ्नो अन्तिम खेल नेदरल्यान्ड्ससँग असार ९ गते खेल्नेछ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |