← समाचारमा फर्कनुस्
Cricket Aug 27, 2023 · Shishir

सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा

सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा

काठमाडौँ– क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ ।

आइतबार काठमाडौं जिल्ला अदालतमा पेसी तोकिए पनि उनको मुद्धामा कुनै सुनुवाइ हुन सकेन ।

न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पेसी तोकिएको मुद्दा ‘हेर्न नभ्याइने’ भन्दै पन्छाइएको हो ।

नाबालिग बलात्कारको आरोपमा सन्दीपविरुद्ध गत कार्तिक १४ गते अदालतमा मुद्दा दायर भएको हो ।

उक्त मुद्दाको अन्तिम सुनुवाइका लागि आइतबार पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ भन्दै पन्छाइएको हो ।

न्यायाधीश पण्डितको इजलासमा पाँचौँ नम्बरमा सन्दीपविरुद्धको मुद्दा सुनुवाइको पेसी थियो । तर चार वटा मुद्दा सुनुवाइ भए पनि पाँचौँदेखि तलका सबै मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेका हुन् ।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →