← समाचारमा फर्कनुस्
Cricket May 14, 2025 · Swadesh

लिग-२ खेल्ने नेपाली टोलीको बिदाइ

लिग-२ खेल्ने नेपाली टोलीको बिदाइ

काठमाडौं। आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ।

नेपाल क्रिकेट संघ(क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का, केन्द्रिय सदस्य छुम्बी लामा लगायतले मंगलबार टोलीको बिदाइ गरे।

सिरिजअघि नेपालले बेलायतको स्थानियन टोली तथा स्टकल्यान्डको ‘ए’ टोलीसँग अभ्यास खेल खेल्नेछ। 

नेपाली टोली मंगलबार साँझ ६ बजे बेलायत प्रस्थान गर्नेछ। बिदाइ कार्यमक्रममा मुख्य प्रशिक्षक स्टुवार्ट ल र कप्तान रोहितकुमार पौडेल भने उपस्थित थिएनन्।

नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), गुलशनकुमार झा, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, अनिलकुमार साह, दीपेन्द्रसिंह ऐरी (उप कप्तान), सन्दीप लामिछाने, भीम सार्की, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, रिजन ढकाल

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →