← समाचारमा फर्कनुस्
Cricket Apr 11, 2023 · Shishir

रोमाञ्चक जितसंगै शिर्ष स्थानमा फर्कियो लखनाउ

रोमाञ्चक जितसंगै शिर्ष स्थानमा फर्कियो लखनाउ

काठमाडौ- इण्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपरजाइन्टले रोमान्चक जित निकालेको छ।


राति समपन्न खेलमा  लखनाउले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको हो।


जितका लागी बैंगलोरले दिएको २१३ रनको लक्ष्य लखनउले २० ओभरमा ९ विकेट गुमाउदै पुरा गर्यो।


लखनउको लागी निकोलस पुरनले ६२ रन बनाउदा मार्कस स्टोइनिसले ३ ६५ रन बनाए । त्यस्तै आयुष बदानीले ३० र कप्तान के एल राहुलले १८ रन बनाए।


त्यस्तै बैंगलोरका लागी मोहमद सिराज र वाने प्रनिलले समान ३-३ विकेट लिदा हर्षल पटेलले २ तथा कर्ण शर्माले १ विकेट लिए।


त्यसअघि टस हारेर पहिला ब्याटिंग गरेको रोयल च्यालेन्जर्स बैंगलोरले २० ओभरमा २ विकेट गुमाउदै २१२ रन बनाएको थियो ।


उसका लागि कप्तान फाफ डु प्लेसिसले ७९ रन बनाउदा विराट कोहलीले ६१ रन बनाए । त्यस्तै ग्लेन म्याक्सवेलले  ५९ रन बनाए ।


लखनउका लागी  मार्क वूड़ र अमित मिश्रले समान १-१ विकेट लिए।


यो जितसंगै लखनउले ४ खेलमा ६ अंक जोड्दै शिर्ष स्थानमा उक्लिएको छ ।

उता बैंगलोरले ३ खेलमा २ अंक जोडेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →