← समाचारमा फर्कनुस्
Football Sep 11, 2023 · Shishir

एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईविरुद्ध अविश्वासको प्रस्ताव

एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईविरुद्ध अविश्वासको प्रस्ताव

काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा) इतरपक्षले अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका छन्।

सोमबार एन्फा कम्प्लेक्समा पुगेर उनीहरूले अविश्वासको प्रस्ताव पेश गरेका हुन्।

संस्थापन पक्षसँग असन्तुष्ट रहेका लिग खेल्ने क्लब, जिल्ला र केन्द्रीय सदस्यहरू आइतबार त्रिपुरेश्वरस्थित न्यूरोड टिम (एनआरटी) क्लबमा जम्मा भएर हस्ताक्षर गरेका थिए।

प्रस्तावमा ४५ जनाको हस्ताक्षर छ। एन्फा विधानको धारा ३६(३) बमोजिम एन्फा कार्यसमितिले अविश्वासको प्रस्ताव पेश भएको मितिले ३० दिनभित्र (२३ असोज २०८० सम्म) अनिवार्य रूपमा विशेष साधारण सभाको बैठक आह्वान गर्नुपर्ने छ।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →