← समाचारमा फर्कनुस्
बीबीएलको ड्राफ्टमा परे नेपाली राष्ट्रिय टोलीका पाँच खेलाडी

काठमाडौँ– नेपाली राष्ट्रिय टोलीका पाँच खेलाडी १३औँ संस्करणको बिग बास लिग (बीबीएल)को ड्राफमा परेका छन्।
क्रिकेट अस्ट्रेलियाले सोमबार प्रकाशित गरेको ड्राफमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेसहित पाँच खेलाडी परेका हुन्।
सन्दीपसँगै यसपटक शेख दाजुभाइ आसिफ र आरिफ पनि पहिलोपटक ड्राफमा परेका छन्। उनीहरूबाहेक अर्जुन साउद र देव खनाल पनि ड्राफमा परेका छन्।
यस संस्करणको बीबीएल ड्राफ्टको मिति भने तय भइसकेको छैन। यद्यपि, प्रतियोगिता डिसेम्बर ७ बाट शुरू हुँदैछ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |