← समाचारमा फर्कनुस्
Cricket Aug 30, 2023 · Shishir

पाकिस्तानले नेपाललाई जितका लागी दियो ३४३ रनको लक्ष्य

पाकिस्तानले नेपाललाई जितका लागी दियो ३४३ रनको लक्ष्य

कप्तान बाबर अजाम र इफ्तिखार अहमदको शतकसँगै एशिया कपमा पाकिस्तानले नेपाललाई ३४३ रनको लक्ष्य दिएको छ।

मुलतान क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३४२ रन बनाएको हो।

पाकिस्तानले शुरूआत खराब गरेको थियो। उसले ६.१ ओभरमा २५ रन बनाउँदा नै २ विकेट गुमाइसकेको थियो। तर, कप्तान बाबरले क्रिजमा टिक्दै टोलीलाई बलियो स्थितिमा पुर्‍याए। उनले १३१ बलमा १४ चौका र ४ छक्कासहित १५१ रन प्रहार गरे। उनले १०२ बलमा शतक पूरा गरेका थिए। उनको ओडीआई करिअरमा यो १९औँ शतक हो। 

यता, इफ्तिखार अहमदले अविजित रहँदै ७१ बलमा ११ चौका र १ छक्कासहित १०९ रन प्रहार गरे।

उनको ओडीआईमा यो पहिलो शतक हो। उनीहरूबीच पाँचौँ विकेटको लागि १३१ बलमा २१४ रनको साझेदारी भयो। बाबर ४९.४ ओभरमा सन्दीप जोराबाट क्याच आउट भए।

यस्तै, मोहम्मद रिजवानले ५० बलमा ६ चौकासहित ४४ रन प्रहार गरे। बाबर र रिजवानबीच तेस्रो विकेटका लागि १०६ बलमा ८६ रनको साझेदारी भएको थियो। रिजवान २४औँ ओभरको चौथो बलमा रन आउट भए। 

ओपनर फाखर जमान १४ र इमान उल हक ५ रनले आउट भए। यस्तै, आगा सलमान ५ र सदब खान ४ रनमा क्याच आउट भए।

नेपालका सोमपाल कामीले १० ओभरमा १ मेडनसहित ८२ रन खर्चिँदै २ विकेट लिए। करण केसी र सोमपाल कामीको नाममा १/१ विकेट रह्यो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →