जाम जाम स्केट जाम सम्पन्न

बागमती प्रदेश स्केतिंग र स्केटबोर्डिंग संघ द्वारा आयोजित जाम जाम स्केट जाम प्रतियोगिता सम्पन्न भएको छ।
कार्यक्रममा भएका विभिन्न विधाहरु मध्ये गेम अफ स्केट तर्फ बसन्त राई पहिलो भए भने सरध कुमार राई दोस्रो स्थान हासिल गरे भने सरोज मगरले क्रमस चौथो स्थान हासिल गरे। बेस्ट त्रिक्स तर्फ ऊशन आले मगर पहिलो भए भने सरध कुमार राई दोस्रो र जीवन तामांग तेस्रो स्थान हासिल गरे। गेम ओफ स्केट महिला तर्फ समिक्षा राउ पहिलो स्थान हासिल गरिन भने समिर राना मगर दोस्रो र अर्लिन लामा तेस्तो स्थान हासिल गरिन। रोलर रेस पुरष तर्फ अर्थ बोहोरा पहिलो, राजन मक्राती दोस्रो र बिजय खनाल चौथो हुँदा सौहार्द श्रेष्ठ चौथो स्थान हासिल गरे। रोलर रेस महिला तर्फ सन्ध्या आले मगर , नयना श्रेष्ठ र त्रिशाना थापा मगर क्रमश पहिलो दोस्रो र तेस्रो भए। त्यस्तै अन्य विधा हरुमा हाई जम्प तर्फ सोनाम गुरुङ बिजयी भए भने जिग जयग तर्फ सफल थापा मगर बिजयी भए भने सकेट बोर्डिंग तर्फा सर्वश्रेस्थ खेलाडी गजेन्द्र बर्दिया घोषित भए।
बागमती प्रदेश स्केतिंग र स्केटबोर्डिंग संघका अध्यक्ष प्रकाश श्रेष्ठले प्रतियोगिता समर्ग्र रुपमा राम्रो भएको जानकारी दिएका थिए। प्रतियोगितामा गर्नुको उदेस्य पूर्ण रुपमा पुरा भएको र कार्यक्रम लाई एउटा सामाजिक संदेश दिने बनाएको पनि उनले जानकारी दिए। कार्यक्रम लाई बातावरण मैत्री बनाएको र बिस्व शान्ति दिवस मनाउने सन्दर्भ पनि मिलेको जानकारी अध्यक्ष श्रेष्ठले दिए। थापाथली स्थित इन्जिनियरिङ कलेजमा हुने रोलर स्केटमा १०० प्रतिस्पर्धी थिए भने स्केट बोर्ड पुल्चोक क्याम्पसको कोर्टमा भएका थिए । जसमा ७० खेलाडीहरु सहभागी थिए। प्रतियोगिताको पहिलो दिन स्केट विधा का खेलहरु थापाथली इञ्जिनियरिङ्ग क्याम्पसमा भएका थिए भने दोस्रो दिन स्केट र स्केट बोर्डिंग तर्फा का खेलहरु पुल्चोक इञ्जिनियरिङ्ग क्याम्पसमा भएका थिए। कार्यक्रम दोस्रो दिन बिस्व शान्ति दिवसको आवास परेर बिशेस कार्यक्रमको योजना पनि गरिएको थियो। दुई दिने प्रतियोगितामा देशभरिका स्केट तथा स्केटबोर्डिंग खेलाडी हरुले सहभागिता जनाएका थिए।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |