← समाचारमा फर्कनुस्
Other Sports Jun 11, 2025 · Swadesh

पुरुषोत्तम सिलवालले चेसमा जिते अन्तर्राष्ट्रिय रजत पदक

पुरुषोत्तम सिलवालले चेसमा जिते अन्तर्राष्ट्रिय रजत पदक

विश्व बुद्धिचाल महासङ्घ तथा एसियन चेस फेडरेसनको तत्वावधानमा श्रीलंका चेस फेडरेसनले ४ जुनदेखि १२ जुनसम्म आयोजना गरेको द वेस्टर्न एसियन जुनियर चेस च्याम्पियनसिप सम्पन्न भएको छ। 

प्रतियोगितामा आयोजक राष्ट्र श्रीलङ्का‌ सहित नेपाल, बङ्गलादेश, भारत, काजकिस्तान, माल्दिभ्स, रसिया, तुर्कमिनिस्तान र उज्बेकिस्तान गरी ९ राष्ट्र का ५९ जना खेलाडीहरूको सहभागिता रहेको थियो।

श्रीलंकामा सम्पन्न द्रुत गतिको ब्लिट्ज चेस खेलमा नेपालका युवा खेलाडी सिएम पुरुषोत्तम सिलवालले नेपाललाई रजत पदक दिलाउन सफल भएका छन्। 

आठौँ वरियताका २१३० रेटेड सिएम पुरुषोत्तमले स्पर्धाको अन्तिम चरणमा प्रतियोगिताकै शीर्ष खेलाडी भारतका २३७९ उच्च रेटेड आइएम मायाङ्क चक्रवर्तीलाई पराजित गर्न सफल भएका छन्।

प्रतिस्पर्धामा उज्बेकिस्तानका २१२० रेटेड एफएम अबु खाकिमोभ अकबरलिले ६ अङ्क प्रोग्रेसिभ २५.५ प्वाइन्ट जोडेर स्वर्ण पदक जितेका छन्। 

पुरुषोत्तमले प्रतिस्पर्धामा बंगलादेशका २१४२ रेटेड आइएम मनून रेजानीर सँग एक खेल गुमाउँदा अन्य ६ खेलमा उत्कृष्ट जित हासिल गर्दै सात चरणको खेलमा समान ६ अङ्क २४.५ प्रोग्रेसिभ प्वाइन्ट जोडेर  रजत पदक जित्न सफल भएका छन्।
यसैगरी पुरुषोत्तमसँग हार आत्मसाथ गरेका भारतीय आइएम मायाङ्क चक्रवर्ती काश्य पदकमा सीमित रहन पुगे।

यसअघि अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता अन्तर्गत सिंगापुरमा सम्पन्न फिडेको आधिकारिक प्रतियोगितामा रुपेश जैशवालले रापिड तर्फ रजक र ब्लिट्जमा काश्य पदक जितेको थियो भने कृष्ण थापाले नेपालमा भएको एशियन एमेच्योर च्याम्पियनसिपमा स्वर्ण पदक हात पारेका थिए।

सिएम पुरुषोत्तम सिलवाल विहिवार देखि नेपालमा सञ्चालन हुने नेशनल युथ च्याम्पियनसिपमा सहभागीता जनाउन एशियन जुनियर रापिड च्याम्पियनसिप छोडेर आज स्वदेश फर्केका छन्। 

सिलवाललाई महासंघका कोषाध्यक्ष ताराबहादुर रानाभाटले त्रिभुवन विमानस्थलमा स्वागत गरे।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →