ललितपुरको लगातार तेस्रो जित

काठमाडौं। पोखरामा जारी वात्सल्या एभरेष्ट महिला भलिबल लिगमा ललितपुर क्विन्सले लगातार तेस्रो जित दर्ता गरेको छ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सोमबार भएको खेलमा लुम्बिनी लाभाजलाई ३–० को सोझो सेटमा पराजित गर्दै ललितपुरले लगातार तेस्रो जित दर्ता गरेको हो।
ललितपुरले पहिलो सेट २५–१३, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पा¥यो। ललितपुरकी पट्राथिप सान्त्रकुन प्लेयर अफ द म्याच बनिन्।
लगातार तेस्रो जितसँगै ललितपुर ९ अंकसहित फाइनल नजिक पुगेको छ। लगातार तेस्रो जित नै निकालेको कर्णाली यशविस पनि फाइनल नजिक पुगेको छ। ३ खेलबाट २ अंक जोडेको लुम्बिनी २ र एक अंक जोडेको पोखरा निन्जाज २ खेलअघि नै फाइनल होडबाट बाहिरिएका छन्। ३ अंक जोडेका मधेश युनाइटेड र काठमाडौं स्पाइकर्सको फाइनल खेल्ने गणितीय संभावना बाँकी छ। दुवै टोलीले दुईदुई खेल खेल्न बाँकी छ।
लिगअन्तर्गत मंगलबार दुई खेल हुनेछन्। पहिलो खेल कर्णाली र मधेशबिच दिउँसो २ बजे सुरु हुनेछ। त्यसपछि ललितपुर र पोखराबिचको खेल हुनेछ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |