← समाचारमा फर्कनुस्
लाजियोलाई पछाडि छोड्दै इन्टर अगाडि

दोस्रो हाफको इन्ज्युरीमा गरेको शानदार पुर्नआगमनको मदतले इन्टर मिलानले फियोरेन्टिनालाई आइतबार इटालीको सिरी ए मा २–१ ले पराजित गरेको छ र अंक तालिकाको शीर्ष स्थानमा फेरि फर्केको छ । निश्चित हारतर्फ अग्रसर इन्टर शानदार जित हात पार्न सफल भएको हो ।
सानसिरोमा भएको खेलमा एलेक्स जिमिनेजको गोलमा फियोरेन्टिनाले ६५ औं मिनेटमा अप्रत्यासित अग्रता लिएको थियो । मार्कस थुरामले ९१ औं मिनेटमा गोल गरेपछि खेल बराबरी भएको थियो । पिट्र जेलेन्स्कीले ९८ औं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरे ।
शीर्ष स्थानमा इन्टर र लाजियो दुवैको २२ अंक रहेको छ । गोल अन्तरले इन्टर अगाडि रहेको हो । फियोरेन्टिना भने अहिलेसम्म जितविहीन रहेको छ र चार अंकमा १८ औं स्थानमा रह्यो । यसअघि लाजियोले पार्मालाई हराएर शीर्ष स्थान कब्जा गरेको थियो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |