Share on:

थ्री स्टारमाथि सहज जित निकाल्दै ब्ल्याक बुल्स फाइनल, उपाधिका लागि पुलिससँग खेल्ने
February 13th, 2025

पोखरा । ५ पटकको च्याम्पियन थ्री स्टार क्लबलाई हराउँदै उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी २४औं संस्करणको आहा!रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

कास्कीस्थित पोखरा रंगशालामा बिहिवार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा थ्री स्टारलाई ४-० ले हराउँदै ब्ल्याक बुल्सले पुलिससँगको भेट पक्का गरेको हो।

उसका लगि कुभोनचबेक, एसिल बेक र जाप्बाजोन सप्तोर्कले समान एक गोल गरे।

खेलको २५औं मिनेटमा ब्ल्याक बुल्सका लागि  गोल गर्दै सुरुआती अग्रता दिलाएका थियो।

पहिलो हाफमा १-० को अग्रता बनाए ब्ल्याक बुल्सले दोस्रो हाफमा थप तीन गोल गर्न सफल भयो।

जितसँग ब्ल्याक बुल्सले उपाधिका लागि नेपाल पुलिस क्लबसँग शनिबार प्रतिस्पर्धा गर्नेछ।


Swadesh Maharjan | February 13th, 2025

Comments

No comments yet.