काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको उपाधि मछिन्द्र एफसीले तेस्रोपटक जितेको छ
दशरथ रंगशालामा सोमबार सम्पन्न भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई २–० गोलले हराउँदै मछिन्द्रले तेस्रोपटक केपी ओली कपको उपाधि जितेको हो।
मछिन्द्रको जितमा सनिश श्रेष्ठ र स्टेफेन जमाहाले एक गोल गरे।
खेलको २९औं मिनेटमा मछिन्द्रका सनिस श्रेष्ठले अग्रता दिलाएका थिए। स्टेफेनले ७३औं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र मछिन्द्रले तेस्रोपटक केपी ओली कपको उपाधि जित्यो।
उपाधि जितेको मछिन्द्रले १५ लाख ११ हजार एक सय ११ प्राप्त ग¥यो। फाइनलमा पराजित भएको आर्मीले ५ लाखमा चित्त बुझाउनुप¥यो।
Comments
No comments yet.
Top Headlines