Share on:

यू१९ साफको लागि नेपाली टोली घोषणा
April 27th, 2025

काठमाडौं। यू-१९ राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक उर्जण श्रेष्ठले आगामी साफ च्याम्पियनसिपको लागि आफ्नो टोलीको अन्तिम छनोट गरेका छन्। 

मे ९ देखि २८ सम्म भारतमा आयोजना हुने साफ च्याम्पियनसिप आयोजना हुँदैछ। 

समूह ए मा माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् भने नेपाल, आयोजक भारत र श्रीलंका अर्को समूह 'बी'मा छन्। 

नेपाली टोली: भक्तबहादुर परियार, उपेन्द्र लवागुन, विशेष बानियाँ, रोशन तामाङ, रोहन मोक्तान, प्रशान्त मोक्तान, कुशाहाङ नेम्वाङ, मदन पौडेल, राम थापा, विजय उर्वा, सिद्धान्त खड्का, कृष्णबहादुर आले, कृष थापा मगर, सरोज दर्लामी, लच्छु थापा, सविनकुमार लुंगेली मगर, रञ्जित लामा, सुवास बम, विज्ञान खड्का, पवन पाख्रिन, धर्मेन्द्र कुँवर, सुजन डंगोल, प्रसुन तामाङ


Swadesh Maharjan | April 27th, 2025

Comments

No comments yet.