काठमाडौं । बार्सिलोनाले कोपा डेल रे को उपाधि जितेको छ।
शनिबार राति सम्पन्न फाइनल खेलमा रियल मड्रिडलाई ३–२ गोल अन्तरले हराउँदै कोपा डेल रेको उपाधि जितेको हो।
बार्सिलोनाको जितमा पेड्री, फेरान टोरेज र जुलेज कोउण्डेले एक एक गोल गरे। यता रियलका लागि किलीयन एम्बाप्पे र आरेहलिएन चुहमेनीले एक एक गोल गरे।
निर्धारित ९० मिनेटमा दुवै टिमबाट २–२ गोल भएपछि खेल ३० मिनेट अतिरिक्त समय खेलाइएको थियो। खेलको १२० मिनेटमा रियलका एन्टोनियो रुडीगेर र लुकास भाजक्वेजले रातो कार्ड पाएका थिए।
योसहित बार्सिलोनाले अहिलेसम्म ३२ पटक कोपा डेल रेको उपाधि जितेको छ। रियलले कोपाको उपाधि २४ पटक जितेको छ।
Comments
No comments yet.