Share on:

साफ खेलेर नेपाली टोली स्वदेश फर्कियो
May 20th, 2025

काठमाडौं । भारतमा सम्पन्न (साफ) यु-१९ च्याम्पियनसिपमा सहभागिता जनाएर नेपाली युवा टोली नेपाल फर्किएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार टाेलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेश शाहले स्वागत गरे।

अरुणाञ्चलको गोल्डेन जुब्ली रंगशालामा सम्पन्न प्रतियोगिताकाे सेमिफाइनलमा नेपाल बंगलादेशसँग २-१ ले पराजित भएको थियो।

नेपालले समूह चरणमा श्रीलंकालाई ५-० ले पराजित गरेको नेपालले भारतसँग ४-० को हार बेहोरेको थियो।


Swadesh Maharjan | May 20th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya