Share on:

नेपोली उपाधि होडमा कमजोर हुँदै
April 19th, 2026

डिफेन्डिङ च्याम्पियन नेपोलीले इटालीको सिरी ए मा शनिबार लाजियोको हातबाट २–० ले पराजित रह्यो । त्यसमा म्याटेओ क्यान्सेलेरी छैटौं र टोमा बासिचले ५७ औं मिनेटमा गोल गरे । यो हारपछि नेपोली ६६ अंकमा दोस्रो स्थानमा रह्यो । तर यो शीर्षमा रहेको इन्टर मिलानसँग १२ अंकको दूरी हो ।


लिगमा पाँच चरणका खेल मात्र बाँकी रहेका छन्, त्यसैले डिफेन्डिङ च्याम्पियनका रूपमा नेपोलीले लिग उपाधि रक्षा गर्न नसक्ने लगभग निश्चित भएको छ । अर्को प्रमुख खेलमा रोमा र एटलान्टाले १–१ को बराबरी खेले ।


यो बराबरीले दुवैलाई फाइदा गर्ने छैन् । रोमा ५८ अंकमा छैटौ स्थानमा छ । एटलान्टा उसको ठीक पछाडि ५४ अंकमा छ । यस्तै पार्मा भने युडिनेजीमाथि १–० को जित दर्ता गर्न सफल रह्यो ।


Swadesh Maharjan | April 19th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya