
काठमाडौं। आइसीसी महिला टी-२० च्यालेन्ज ट्रफीअन्तर्गत अमेरिकासँग नेपाल पराजित भएको छ।
रुवाण्डामा शनिबारबाट सुरु भएको प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल अमेरिकासँग ४४ रनले पराजित भएको हो।
अमेरिकाले दिएको १२४ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७९ रनमा समेटियो। नेपालका लागि बिन्दु रावलले सर्वाधिक २७ रन बनाइन्। उनले ४५ बलको सामना गर्दै एक चौकाको मद्दतमा २७ रन जोडेकी हुन्।
कविता जोशी ११ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।
अमेरिकाकी माहि माधवन र तरनुम चोपराले समान दुई तथा रितु सिंह, लेखा शेट्टी र सैनभीले समान एकरएक विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय २३ रनको योगफल बनाएको थियो।
प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेल नेपालले आइतबार इटलीसँग खेल्नेछ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]