Share on:

लाजियोको घरमै खराव हार
January 20th, 2026

इटालीको सिरी ए मा सोमबार लाजियोले आफ्नै घरमा बिर्सनलायक खराव हार बेहोरेको छ । उसलाई कोमोले सजिलै ३–० ले पराजित गरेको हो । यो जितका नायक भने निको पाज रहे ।


उनले २४ र ४९ औं मिनेटमा गोल गरे । त्यस अगाडि कोमोले मार्टिन बाटुरिनाको गोलले खेलको दोस्रो मिनेटमै अग्रता लिएको थियो । लाजियोले पूरा खेल अवधिमा कुनै पनि समय बलियो चुनौती पेस गर्न सकेन् ।


यो सिजन राम्रो प्रदर्शन गरिरहेको कोमो ३७ अंकमा छैटौं स्थानमा छ र उसले अर्को सिजन युरोपमा खेल्न सक्नेछ । लाजियो भने २८ अंकमा नवौं स्थानमा छ ।


Swadesh Maharjan | January 20th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya